धनुषामा बोलेरो दुर्घटना : ११ दिने शिशुको मृत्यु, ६ जना गम्भीर घाइते

धनुषामा बोलेरो दुर्घटना हुँदा एक नवजात शिशुको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् । 

जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको बोलेरो आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए । 

दुर्घटनामा परी मृत्यु भएको शिशु ११ दिनको मात्र रहेको तथा गम्भीर घाइतेको नाम र ठेगाना खुल्न नसकेको डिएसपी क्षेत्रीले बताए । 

जनकपुरधामबाट ढल्केबर गइरहेको सो बोलेरो लक्ष्मीनियाको सेन्ट्रल हस्पिटल अगाडि अनियन्त्रित भएर पल्टेको डिएसपी क्षेत्रीले जानकारी दिए । 

दुर्घटनामा गम्भीर घाइते भएकालाई उपचारका लागि नजिकै रहेको सेन्ट्रल हस्पिटल पुर्याइएको र घटना सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार १३:४०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया