अस्ट्रेलियामा जारी आइसिसी टी-२० विश्वकपमा भारत समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेकाे छ ।
ऊ आज सम्पन्न सुपर १२ अन्तर्गत समूह`दुईकाे अन्तिम खेलमा जिम्बाब्वेलाई ७१ रनले हराउँदै समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।
१८७ रन को लक्ष्य पछ्याएकाे जिम्बाब्वेले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रन मात्र बनाउन सक्यो ।
उसका लागि रायन ब्रुलले सर्वाधिक ३५ रनकाे याेगदान दिए । सिकन्दर राजाले ३४, कप्तान क्रेइग इर्भिनले १३ र सिन विलियम्सले ११ रन बनाए ।
भारतका रवीचन्द्र आश्विनले तीन मोहम्म शामी र हार्दिक पाण्ड्यले दुई /दुई तथा भुवनेश्वर कुमार अर्शदीप सिंह र अक्षर पटेलले एक/ एक हात पारे ।
त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस जितेर ब्याटिङ राेजेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८६ रन बनाएको थियो ।
उसका लागि सूर्यकुमार यादवले २५ बलमा ६ चाैका र चार चाैकासहित अविजित ६१ रनको अर्धशतकीय पारी खेले ।
यस्तै, केएल राहुलले ३५ बलमा समान तीन चाैका र सक्कासहित ५१ रनको अर्धशतकीय पारी खेल्दा विराट कोहलीले २६ ,हार्दिक पाण्ड्यले १८ र कप्तान रोहित शर्माले १५ रन जोडे ।
जिम्बाब्वेका सिन विलियम्सले दुई रिचर्ड नग्राभा,ब्लेसिङ्ग मुजाराबानी र सिकन्दर राजाले एक/एक विकेट लिए ।
याे जितसँगै शीर्ष स्थानकाे भारतले पाँच खेलमा आठ अंक जोड्दा पराजित जिम्बाब्वे समान खेलबाट तीन अंकका साथ पुछारमा रह्यो ।
यही समूहबाट पाकिस्तानले उप विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएकाे छ ।
याेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पूरा भएको छ ।
अब सेमिफाइनलमा भारतले इंग्ल्याण्ड तथा न्युजिल्याण्डले पाकिस्तानको समान गर्नेछ ।
समूह `एक´बाट न्युजिल्याण्ड शीर्ष र इंग्ल्याण्ड दोस्रो स्थानमा रहदै अन्तिम चारमा पुगेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।