कांग्रेस मधेस प्रदेशकाे संकल्पपत्र सार्वजनिक

नेपाली कांग्रेस मधेस प्रदेशले १० बुँदे संकल्पपत्र सार्वजनिक गरेको छ । आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी  मधेश प्रदेशले आइतबार संकल्पपत्र सार्वजनिक गरेको हो । 

'संविधानको रक्षा, स्थिरता र समुन्नतिको आधार, कांग्रेस नेतृत्वमा मधेस सरकार' मूल नाराका साथ संकल्पपत्र सार्वजनिक गरिएको हाे । संकल्पपत्रमा लोकतन्त्र तथा सुशासन, आर्थिक विकास, भौतिक पूर्वाधार, सामाजिक विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन, युवा तथा खेलकूद विकास, दलित, जनजाति, मुस्लिम, तथा पिछडा वर्ग उत्थान, अन्तरप्रादेशिक प्रदेश सम्बन्ध, प्रदेश संघ सम्बन्ध र मधे प्रदेशको समग्र विकास समेटिएको छ । 

संकल्पपत्रमा ‘व्यवस्था होइन, व्यवस्थापनलाई परिवर्तन गरौँ’, ‘आयात घटाऔं, निर्यात बढाऔं’लगायत नारा समेटिएकाे छ ।  लोकतन्त्र तथा सुशासनअन्तर्गत भ्रष्टाचारमुक्त प्रशासनका लागि सबैको साथ विकास मूलमन्त्रलाई अवलम्बन गरिने संकल्पपत्रमा उल्लेख छ ।  

यस्तै आर्थिक विकास अन्तर्गत कृषि क्षेत्रको विकासमा घरघर खाद्य, खेतखेतमा सिँचाइ, सिँचाइ प्रयोजनको विद्युत महसुल निःशुल्क, सडक सञ्जालको प्रबन्ध लगायतलाई प्राथमितामा राखिएको छ ।

पर्यटन प्रवद्र्धन तथा संस्कृति जगेर्नाका लागि जानकी मन्दिर, छिन्नमस्ता भगवती मन्दिर, धनुषाधाम जलेश्वरनाथ मन्दिर, भाथाधाम, परौलस्थान, सलहेश फुलवारी, गढीमाइ, गहवाइ मन्दिर परिसरलाई भौतिक रुपमा सुधार गर्ने प्रतिबद्धता जनाइएकाे छ ।





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार १८:४७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया