ओलीप्रति प्रचण्डकाे कटाक्ष : संसद् विघटन गरेर संविधान च्यात्न खोज्ने, अब फेरि के भनेर भोट माग्ने ?

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लाज पचाएर भाषण गर्दै हिँडेको देख्दा अच्चम लाग्ने गरेको बताएका छन्।

आइतबार रामेछापका स्थानीयलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीले दुईतिहाइ सरकारकाे प्रधानमन्त्री हुँदा पटक–पटक संसद् विघटन गरेकाे र पार्टीलाई विभाजनतर्फ लगेकाे बताए। 

‘तीन वर्षमै संसद् विघटन गरेर संविधान च्यात्न खोज्ने, अब फेरि के भनेर भोट माग्ने? प्रचण्डले भने, 'नेपालका जनताको बुद्धि छैन। मैले उखानटुक्का भने हँसाइदिएँ भने मलाई भोट हाल्छन् भन्ठानेका हुन् कि!’

ओली संविधान, गणतन्त्र र संघीयताको विरोधी भएको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले एमालेभित्र ओली प्रवृत्ति हाबी भएको र त्यो गणतन्त्रविरोधी भएको बताए। 

ओलीले संविधान सभा, धर्म निरपेक्षता र गणतन्त्रकाे विरोध गर्दै हिँड्ने गरेकाे, तर उनको इच्छाविपरीत सबै उपलब्धि हासिल भएकाे प्रचण्डकाे भनाइ थियाे । 





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार १८:५८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया