सञ्चार तथा सूचना प्रविधि एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचनपछि सत्तारुढ गठबन्धनको सरकार बन्ने बताएका छन् ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर–४ मा सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताले चाहेको विकास र समृद्धिको अभिलाषालाई पूरा गर्न कांग्रेसको नेतृत्वमा सत्ता गठबन्धनको सरकार बन्ने बताए ।
सामाजिक एकता र सद्भाव अभिवृद्धि नगरी राष्ट्रिय एकता सम्भव नहुने बताउँदै उनले राष्ट्रिय एकता नभई देशमा राजनीतिक स्थायित्व कायम नहुने बताए । राजनीतिक स्थायित्व भएपछि मात्रै मुलुकले समृद्धि हासिल गर्ने मन्त्री कार्कीको भनाइ छ ।
मुलुकको मुहार फेर्न, गरिबी र बेरोजगारी अन्त्य गर्न सत्ता गठबन्धनको सरकार लागि परेको उनको भनाइ छ । यसका साथै उनले सुनसरीका युवालाई रोजगार बनाउनुका साथै यहाँको डुबानको समस्यालाई समाधान गर्न आफू गम्भीर रहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।