पछिल्लो एक सातामा तीन सयजनामा डेंगुको संक्रमण देखिएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्म तीन सय नयाँ संक्रमित थपिएका हुन् ।
योसँगै देशभर डेंगु संक्रमितको संख्या ४७ हजार ६८ पुगेको छ ।
कात्तिक महिनाको सुरुमै संक्रमितको संख्या घटे पनि डेंगुको उच्च जोखिम मंसिरको अन्तिमसम्म रहने महाशाखाले बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।