निर्वाचन आयोगले फिर्ता लियो सेतोपाटीलााई लेखेको स्पष्टीकरण पत्र

निर्वाचन आयोगले सेतोपाटी डटकमलाई लेखेको स्पष्टीकरण पत्र फिर्ता लिएको छ । आयोगले सो अनलाइनमा शुक्रबार छापिएको एउटा समाचारका कारण शनिबार स्पष्टीकरण सोधेको थियो ।

२४ घन्टाभित्र उक्त समाचार हटाउन र स्पष्टीकरण दिन भन्दै लेखिएको पत्र आइतबार बेलुकी 
फिर्ता लिएको सेतोपाटीले जनाएको छ । 

सेतोपाटीले गत शुक्रबार ‘अग्नि खरेलका छोरा निशान अमेरिकी सेनामा, नेपाली नागरिकता पनि कायमै’ भन्ने समाचार छापेको थियो। उक्त समाचारले निर्वाचनमा उम्मेदवार भएका व्यक्ति तथा उनका परिवारको चरित्रहत्या भएको र व्यक्तिगत लाञ्छना लगाएको आयोगले पत्रमा भनेको थियो । 

आयोगको उक्त कदमको सर्वत्र निन्दा भएपछि आइतबार बेलुकी विज्ञप्ति जारी गरी आयोगले उक्त पत्र फिर्ता लिएको हो। आयोगले आफ्नो आमसञ्चार नीति र मान्यताभन्दा फरक हुने गरी प्राविधिक कारणवश सेतोपाटीलाई पत्र गएको भन्दै स्पष्टीकरण फिर्ता लिएको हो ।





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार २२:३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया