इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । ऊ एस्टन भिल्लासँग ३–१ ले पराजित भएको हो ।
घरेलु मैदान भिल्ला पार्कमा खेलको सातौं मिनेटमा नै लिओन बेलीले भिल्लालाई अग्रता दिलाएका थिए ।
११औं मिनेटमा लुकास डिग्नेले फ्रि किकमार्फत उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ४५ औं मिनेटमा जाकोब राम्सेले आत्मघाती गोल गर्दा युनाइटेड २–१ को स्थितिमा आयो ।
लुक शाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले उनलाई लाग्दै पोस्ट दिशा लिएको थियो । ४९ औं मिनेटमा राम्से गोल गर्दै घरेलु टोलीलाई ३–१ को जित दिलाए ।
उसले सन् १९९५ यता पहिलोपटक घरेलु मैदानमा युनाइटेडलाई पराजित गरेको हो । मुख्य प्रशिक्षक उनाइ इम्रीले आफ्नो पहिलो खेलमै भिल्लालाई जित दिलाएका छन् ।
यो जितसँगै १४ खेलमा १५ अंक जोड्दै भिल्ला १३ औं स्थानमा उक्लिँदा पराजित युनाइटेड १३ खेलबाट २३ अंकका साथ पाँचौं स्थानमा छ ।
लिगअन्तर्गतकै अर्को खेलमा न्युकासल युनाइटेडले साउथह्यामटनलाई ४–१ ले पराजित गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।