सलाह चम्किँदा लिभरपुलकाे राेमाञ्चक जित

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा लिभरपुल विजयी भएको छ । ऊ घरेलु टोली टोटेनहम हट्सपरविरुद्ध २–१ ले विजयी भएको हो ।

टोटेनहम हट्सपर स्टेडियममा लिभरपुललाई जित दिलाउन दुवै गोल मोहम्मद सलाहले गर्दा घरेलु टोलीका लागि ह्यारी केनले एक गोल फर्काए ।

खेलको ११ र ४० औं मिनेटमा सलाहले गोल गरेपछि लिभरपुलले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । ७० औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त नबन्दा पाहुना टोलीले २–१ को रोमाञ्चक जित निकाल्यो ।

यो जितसँगै १३ खेलमा १९ अंक जोडेका लिभरपुल आठौं स्थानमा उक्लिँदा पराजित टोटेनहम १४ खेलबाट २६ अंकका साथ चौथो स्थानमा छ ।

लिगकै अर्को खेलमा क्रिस्टल प्यालेसले वेस्ट ह्याम युनाइटेडविरुद्ध २–१ को जित निकाल्यो । 





  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार ७:३९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया