नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले आगामी निर्वाचनमा सेनालाई सुरक्षाको जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
रूपन्देहीको मध्यपश्चिम पृतना हेडक्वाटर, कैलालीको तेघरीस्थित सुदूरपश्चिम पृतना हेडक्वाटर तथा दाङको रणसिंहदल गणको निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति शर्माले यस्तो निर्देशन दिएका हुन् ।
उनले सेनाको पृतनाको वर्तमान अवस्था, ईलाका र प्रदेशहरूसँगको समन्वयलगायत आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको एकीकृत सुरक्षा योजनाका साथै गणको वस्तुस्थितिका विषयमा समेत जानकारी लिए ।
साथै प्रधानसेनापति शर्माले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षार्थ कपिलवस्तु जिल्लास्थित चन्दौटा ईलाकामा नेपाली सेनाद्वारा स्थापना गरिएको कम्पनी अपरेटिङ बेसको पनि निरीक्षण गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।