रूपन्देहीको देवदहमा श्रीमान्-श्रीमती मृत फेला

रूपन्देहीको देवदहमा श्रीमान्–श्रीमती मृत भेटिएका छन् । देवदह नगरपालिका–५ पाल्पाली टोलमा बसोबास गर्दै आएका ३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर आफ्नै घरमा सोमबार बिहान मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार कोठामा ढोकाभित्रबाट चुकुल लागेको अवस्थामा उनीहरूको शव फेला परेको हो । हेमकला भुईंमा पल्टिएको र बालेन्द्र झुण्डिएको अवस्थामा फेला परेको देवदह प्रहरी चौकी प्रमुख रहेका प्रहरी निरीक्षक गंगाबहादुर सारूले जानकारी दिए । 

घटनाको प्रकृति हेर्दा श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार १०:१२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया