कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एकजना घाइते

कैलालीमा ट्रकले मोटरसाइललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार जिल्लाको भजनी नगरपालिका–६ को नवलपुरमा ना २ ख १३८१ नम्बरको ट्रकले बा ८६ प ३४८७ को मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक भजनी नगरपालिका–६ बस्ने २१ वर्षीय अभिशेक चौधरीको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

त्यस्तै, मोटरसाइकलको पछाडि बसेका धीरेन्द्र चौधरी समान्य घाइते भएका छन् । ट्रक र चालक भजनी नगरपालिका–१ घर भएका श्रम डंगौरालाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ । 





  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार १०:५१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया