मकवानपुरमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

मकवानपुरको सुनाचुरीमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

प्रहरीका अनुसार काकरभित्ताबाट काठमाडौंतर्फ जाँदै गरेको बा५ख ७९४३ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३००३ प४९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मनहरी गाउँपालिका–६ नयाँबस्तीका २९ वर्षीय अविनाश गोलेको मृत्यु भएको हो । 

बस चालक हेटौंडा–१९ नेवारपानीका ५१ वर्षीय मदनकुमार गोले प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतकको शव हेटौंडा अस्पतालमा राखिएको छ । 





  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार १२:२४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया