निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्छ : प्रकाशशरण महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशलाई जोड्ने नेतृत्व आवश्यक भएकोले सत्तारुढ गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । 

नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै ओलीले आफ्नै पार्टीलाई जोडेर राख्न नसकेकोले देशलाई उनको नेतृत्वको सरकारले जोड्नसक्ने दाबी गर्नु दिवास्वप्न मात्रै भएको बताए । 

नेता महतले कांग्रेसको नेतृत्व सहिष्णु र काम बढी तथा कुरा कम गर्ने नेतृत्व रहेकोले आगामी निर्वाचनपछि देशमा कांग्रेसकै नेतृत्वमा फेरि सरकार बन्ने दाबीसमेत गरे ।

उनले कांग्रेस नेतृत्वको गठबन्धनले संविधानको उपलब्धिको रक्षा गर्दै यसमा आवश्यक संशोधन र परिमार्जन गर्दै यसै संविधानलाई टेकेर अगाडि बढ्ने बताए । 

महतले आगामी निर्वाचनमा सत्तारुढ पाँचदलीय गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न मुलुकभरिका जनता खुलेरै लागेको देखिएकाले आगामी सरकार कांग्रेसको नेतृत्वमा बन्ने पक्का भएको दाबी गरे । 

हुलाकी राजमार्गको निर्माणमा भएको व्यवधानलाई हटाएर गति दिएको र नागरिकता विधेयक ल्याउँदा एमालेका अवरोधका कारण लागु गर्न नसकेको बताउँदै प्रवक्ता डा. महतले कांग्रेसको नेतृत्वमा बन्ने आगामी सरकारले नागरिकता समस्याको समाधान गर्ने पनि बताए । 



उनले विगतमा बिग्रेको परराष्ट्र सम्बन्धलाई पनि कांग्रेस नेतृत्वको गठबन्धन सरकारले सुधार गरेर समानताको आधारमा सन्तुलित बनाएको बताए ।  



  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार १३:२४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया