घट्यो डेंगु संक्रमण

पछिल्लो समय डेंगुको संक्रमण घटेको छ । वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेंगु संक्रमण  घटेको हो । अहिले मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएको छ । जसले गर्दा डेंगु ​संक्रमण पनि कम हुँदै गएको छ । 

वर्षायाममा कुनै समय एकहप्तामा पाँच हजार भन्दा बढी डेंगुका बिरामी भेटिएका थिए । अहिले त्यो संख्या निकै घटेको छ । गत मंगलबार (यही कात्तिक १५ देखि कात्तिक २० गते) सम्म ६२४ जनामा मात्र डेंगु संक्रमण भएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार १६:४१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया