नेपालमा डेंगु संक्रमितको संख्या ५० हजार नाघेकाे छ । डेंगु ७७ वटै जिल्लामा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
डेंगु संक्रमितको कुल संख्या ५० हजार २५३ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । योसँगै डेंगुबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।
डेंगुबाट सतर्क रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । डेंगुकाे जाेखिम मंसिर मसान्तसम्म रहने भन्दै विज्ञहरूले चेतावनी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।