प्रचण्ड र रवि लामिछानेलाई निर्वाचन​ आयोगले सोध्यो स्पष्टीकरण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन आयोगले पुनः स्पष्टीकरण सोधेको छ । 

गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रचण्डलाई प्रचारप्रसारमा टोपी प्रयोगका सम्बन्धमा आयोगले स्पष्टीकरण सोधेको हो । 

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार लामिछानेलाई पनि निर्वाचन प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेको सम्बन्धमा आयोगले स्पष्टीकरण सोधेको हो । 

आयोगले जारी गरेको विज्ञप्तिमा दुवै उम्मेदवारलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र  स्पष्टीकरण पेस गर्न भनिएको छ । 





  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार २१:८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया