लगातार चौथो जित निकालेको पुलिस समूह विजेता

प्रधानमन्त्री राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार चौथौ जित हात पारेको छ । उसले समूह‘बी’अन्तर्गत आज सम्पन्न खेलमा मधेश प्रदेशलाई १९१ रनले पराजित गर्दै लगातार चौथौ जित हात पारेको हो । 

२७४ रनको लक्ष्य पछ्याएको मधेशले २९.३ ओभरमा सबै विकेट गुमाउँदै ८२ रन मात्र बनाउन सक्यो । उसका लागि आदिल अन्सारीले सर्वाधिक ४२ रनको योगदान दिए । 

रतन रौनकले ११ र कप्तान हरिशंकर शाहले १० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । पुलिसका लागि कुशल भुर्तेलले पाँच, करण केसीले तीन तथा राशिद खानले दुई विकेट हात पारे । 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको पुलिसले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २७३ रन बनाएको थियो।

पुलिसका लागि आरिफ शेख,अमित श्रेष्ठ र कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकिय पारी खेले ।

आरिफले ८६ बलमा आठ चौका र एक छक्कासहित ७३ रनको योगदान दिँदा ६५ रन बनाएका अमितले ९६ बलमा नौं चौका प्रहार गरे ।  दीपेन्द्रले ४३ बलमा तीन चौका र एक छक्कासहित ५१,दिलिप नाथले ४० र सुनिल धमला ११ रन जोडे ।



मधेशका रुपेश सिंह र राजेश यादवले तीन–तीन आदील अन्सारीले दुई तथा विशाल पटेल र कप्तान हरिशंकर शाहले एक–एक विकेट लिए । 

यो जितसँगै अपराजित रहेको पुलिस चार खेलमा आठ अंकका साथ शीर्ष तथा पहिलो पराजय बेहोरेको मधेस समान खेलबाट पाँच अंक जोडेर दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेका छन् ।
 



  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार १५:१८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया