निर्वाचित गरेर पठाउनुस्, सरकारको नेतृत्व गरेर १० वर्षमा मुलुकको राजनीतिलाई पूरै सुधार गर्छु : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूलाई संसदमा निर्वाचित गरेर पठाएमा पार्टीमा संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धा हुने र सरकारको नेतृत्व परिवर्तन सम्भव हुने दाबी गरेका छन्।

मंगलबार काठमाडौं निर्वाचन क्षेत्र ४ मा काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले आफूलाई सांसदमा निर्वाचन गराएर पठाए १० वर्षमा मुलुकको राजनीतिलाई पूरै सुधार गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

महामन्त्री थापाले संसदीय व्यवस्थामा संसदमा जितेमात्रै संसदीय दलमा निर्वाचन लड्न पाउने भएकाले त्यसका लागि आफूलाई निर्वाचित गराउन सबैले सहयोग गर्ने विश्वास समेत व्यक्त गरे। आफूले निर्वाचन जितेर गए कांग्रेसमा मात्रै संसदीय दलको निर्वाचन हुने र मतदाताले चाहे अनुसारको नेतृत्व परिवर्तन हुने पटकपटक दोहोर्‍याए। 

महामन्त्री थापाले अबको निर्वाचनपछि पनि मतदाताको प्रतिष्ठा राख्ने काम सांसदहरूले नगरे मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था नै नरहने चेतावनीसमेत दिए।





  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार १६:४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया