शान्ति सम्झौताका दिन गिरिजाप्रसादले लालसलाम र मैले जय नेपाल भनेका थियाैँ, गठबन्धन त्यसैकाे निरन्तरता हाे : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  शान्ति सम्झौता भएको दिन गिरिजाप्रसाद कोइरालाले लालसलाम र आफूले जय नेपाल भनेको स्मरण गरेका छन् । वर्तमान सत्ता गठबन्धन विगतको शान्ति सम्झौताकै निरन्तरता भएको उनकाे दाबी छ । 

मंगलबार कालीकोटको सदरमुकाम मान्मामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले यथाअवस्थामा भोट माग्ने कुनै अधिकार नभएको बताए । 

ओली नेतृत्वको गठबन्धन परिवर्तन विरोधी गठबन्धन भएको आरोप लगाउँदै उनले भने,‘ जनताले सोध्नुपर्छ संसद विघटन गर्नलाई भोट दिने ?’

निर्वाचनपछि गठबन्धनकै नेतृत्वमा सरकार बन्ने र बजेटमा कर्णालीलाई पहिलो प्राथमिकतामा राखिने उनले प्रतिबद्धता जनाए । कालिकोटबाट महेन्द्रबहादुर शाहीलाई जिताएको खण्डमा केन्द्रमा मन्त्री बनाइने बताए । 

उनले कर्णाली करिडोर लगायतका सडक सञ्जालको स्तरोन्नती गर्ने कुरामा आफू प्रतिबद्ध रहेको पनि बताए । 





  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार १७:२६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया