प्रधानमन्त्री कप क्रिकेट : सेमिफाइनलको तालिका परिवर्तन

नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलको तालिका परिवर्तन गरेको छ । 

क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै सेमिफाइनलको तालिका परिवर्तन गरिएको जनाएको हो । 

नयाँ तालिकाअनुसार दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । २४ गते पहिलो सेमिफाइनलमा समूह ‘ए’को विजेता एपीएफ क्लब र समूह ’बी’को उपविजेता मधेस प्रदेशबीचको खेल हुनेछ । 

२५ गते समूह ’बी’को विजेता नेपाल पुलिस क्लब र ’ए’को उपविजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । 

यसअघि, दुवै सेमिफाइनल खेल २४ गते नै त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानमा हुने तालिका थियो ।

फाइनल खेल भने २६ गते नै हुनेछ । 





  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार २१:३६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया