जनताको बीचमा बसेर काम गर्ने जनप्रतिनिधि छान्न मतदातालाई बस्नेतको आग्रह

नेकपा एमालेबाट मोरङ क्षेत्र नं ६ (२) का प्रदेशसभा सदस्य उम्मेदवार पर्शुराम बस्नेतले जनताका बीचमा बसेर काम गर्ने जनप्रतिनिधि छान्न मतदातालाई आग्रह गरेका छन् । 

समाचकेवा उत्सवका अवसरमा अप्पन विराटगढ समाजले आयोजना गरेको कार्यक्रममा नेता बस्नेतले आउँदो आमनिर्वाचनमा आफ्नो गाउँ ठाउँमा बसेर सुख–दुःखमा साथ दिने जनप्रतिनिधि छान्न आग्रह गरेका हुन् । 

नेकपा एमालेले देशको विकासको स्पष्ट खाका कोरेको भन्दै उनले एमालेको नीति तथा नेतृत्वमा सरकार बनाउन सहयोग गर्न अपिल गरे । उनले देशमा अधिकारको लागि सबैभन्दा बढी संघर्ष गरेको पार्टी एमाले भएको बताउँदै महिलाको हक अधिकार एमालेले मात्र स्थापित गराउने दाबी गरे । 

‘अहिलेसम्म अमेरिकाले त महिला राष्ट्रपति बनाउन सकेको छैन, नेपालमा एमालेले महिलालाई राष्ट्रपति बनायो,’ उनले भने, ‘यसबाट एमाले समानता र अधिकारका लागि कति प्रतिबद्ध छ भन्ने स्पष्ट हुन्छ ।’
 
समृद्धि, पारदर्शिता, राजनीतिक स्थायित्वको पक्षमा एमाले भएकाले अहिले एमालेमा जनलहर बढको बताउँदै बस्नेतले आगामी निर्वाचनमा ढुक्क भएर एमालेलाई मतदान गर्न बस्नेतले अनुरोध गरे । 

उनले नेपालमा सबैभन्दा उत्तम पार्टी एमाले भएकाले एमालेको सरकार बन्यो भने अधुरा कामहरु पूरा गर्ने र नयाँ परियोजनाहरु कार्यन्वयन गर्न सजिलो हुने बताए । 
 





  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार २२:२७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया