विराटनगरमा एक हजारजना कांग्रेसमा प्रवेश

विराटनगर ६ मा गठबन्धनका तर्फबाट मंगलबार आयोजित चुनावी सभामा एक हजार जनाभन्दा धेरै शुभेच्छुक नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

रामचौकमा आयोजित कार्यक्रममा प्रतिनिधिसभामा मोरङ ६ बाट नेपाली कांग्रेसका उमेदवार डा. शेखर कोइराला र प्रदेशसभा उमेदवार ६ ‘ख’ का उमेदवार केदार कार्कीले पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गर्नेमा गत स्थानीय तहमा वडा नम्बर ६ मा वडाध्यक्ष पदका उमेदवार गणेश साहलगायत छन् । त्यस अवसरमा बोल्दै कांग्रेस उमेदवार डा. शेखर कोइरालाले नेपाली कांग्रेस दर्बिलो उपस्थिति र इतिहासका कारण अझै धेरै युवा आकर्षण रहेको बताए । 

कोइरालाले नेपाललाई विकासको नयाँ गतिमा लैजान गठबन्धनकै सरकार बन्नुपर्नेमा जोड दिए ।

प्रदेशसभा उमेदवार केदार कार्कीले स्थानीय र सांगठिन रुपमा कांग्रेसको उपस्थिति मजबुत रहेको बताए । कार्कीले युवाहरुको चाहना र अभिमतलाई कांग्रेसले सधैँ सम्मान गर्ने सुनाए । 





  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार २२:४३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया