डोटी केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ६ जनाको मृत्यु

डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ। बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किँदा ६ जनाको मृत्यु भएको हो। 

डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ६ दशमलव  ६ म्याग्नीच्युडको भूकम्पमा परी  पूर्वीचौकी गाउँपालिका ३ अधिकांस घर चर्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।  

भूकम्पमा परी ५ जना घाइते भएका छन् भने २ जना बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेको उपचार तथा बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ। भूकम्पले घर चर्किएकाले स्थानीयले चौरमा बसेर रात बिताए। स्थानीयहरूले भूकम्प गएपछि त्यसपछि रातभर खुल्ला आकासमै रात विताए ।

भूकम्पमा परेर ज्यान गुमाउनेहरूमा ५० वर्षका प्रेम बोहरा, ४० वर्षकी भगवती बोहरा, १३ वर्षकी सीता बोहरा, ८ वर्षका हर्क बोहरा, १४ वर्षकी धन्सरी बोहरा र १४ वर्षकै कीतुलक्षी बोहराको मृत्यु भएको हो । अन्य ६ जना घाइते भएका छन् ।
 






  • प्रकाशित मिति : कात्तिक २३, २०७९ बुधबार ६:४९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया