एमालेको अर्थतन्त्रसम्बन्धी नीति हालसम्मकै उत्कृष्ट : ओली
फाइल तस्वीर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरिबी न्यूनीकरणका लागि सहकारीले ग्रामीण क्षेत्रमा ध्यान दिन आग्रह गरेका छन् । उनले सहकारीको सेवा गाउँमा केन्द्रित गरेर आर्थिक गतिविधिलाई ग्रामीणस्तरसम्म पुर्‍याउनुपर्ने बताए ।

मंगलबार झापाको दमकमा सहकारीकर्मीेसँगको अन्तक्रियामा ओलीले विकसित मुलुक बनाउनका लागि दिगो विकासको लक्ष्य हासिल गरे मात्र गरिबीबाट मुक्त हुने बताए । उनले सन् २०३० भित्र १७ लक्ष्य र एक सय ६९ सहायक लक्ष्य प्राप्त गरी मुलुक विकसित राष्ट्र बन्नुपर्ने बताए ।

एमालेको अर्थतन्त्रसम्बन्धी नीति अहिलेसम्मकै उत्कृष्ट रहेको उनको भनाइ थियो । ‘एमालेले नेपालको अर्थतन्त्र उठाउन तीन खम्बे अर्थ नीति लिएको छ,’ ओलीले भने ।

उनले सहकारीलाई छुट्टै प्राथमिकतामा राखेर अर्थतन्त्रको खम्बाका रूपमा राखिनुपर्ने पनि बताए । 





  • प्रकाशित मिति : कात्तिक २३, २०७९ बुधबार ८:०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया