इरानी सुरक्षाबलको कारबाहीमा बालबालिकासहित १० जनाको मृत्यु

देशको दक्षिणपूर्वी भागमा भएको विरोध प्रदर्शनमा इरानी सुरक्षा बलले दमन गर्दा बालबालिकासहित १० जनाभन्दा बढीको ज्यान गएको आशंका गरिएको मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।

शुक्रबार धेरै ट्विटर पोष्टहरूमा एम्नेस्टीले भनेको छ, ‘सुरक्षा बलले सिस्तान र बलुचेस्तान प्रान्तको खाश शहरमा गभर्नरको कार्यालय र अन्य धेरै भवनहरूको छतबाट शान्तिपूर्ण प्रदर्शनकारीलाई प्रत्यक्ष गोलीबारी चलाएको थियो ।’ 

छिमेकी पाकिस्तान र अफगानिस्तानसँग सीमा रहेको यो प्रान्त लामो समयदेखि उत्पीडित सुन्नी मुस्लिम बलुच जातीय अल्पसंख्यक सदस्यहरूको घर हो र त्यहाँ अशान्तिको लामो इतिहास छ ।

तेहरानमा प्रहरीको हिरासतमा  २२ वर्षीया कुर्दिश महिला महसा अमिनीको मृत्युको विरोधमा देशव्यापी विरोध प्रदर्शनबीच शुक्रबार हिंसा भएको हो । प्रहरी प्रमुखद्वारा एक बलुच बालिकालाई बलात्कार गरेको आरोपपछि सिस्तान र बलुचेस्तान राज्यको राजधानी जाहेदानमा हालै ठूलो प्रदर्शन भएको छ ।  





  • प्रकाशित मिति : कात्तिक २३, २०७९ बुधबार १०:३०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया