मकवानपुर २ (ख) : घलान, बल र लामाले गरे उम्मेदवारी निष्क्रिय, बानियाँलाई सघाउने

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ प्रदेशसभा (ख) का समानुपातिकतर्फका उम्मेदवार कुमार बल, रामकुमारी घलान र जानुकी लामाले उम्मेदवारी निष्क्रिय गरेका छन् । उनीहरूले अब गठबन्धनको तर्फबाट प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने भएका छन् ।  

बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै ल, घलान र लामाले उम्मेदवारी फिर्ता लिँदै बानियाँलाई समर्थन गरेको बताएका हुन् ।
 
आफ्नो उम्मेदवारीले गणतन्त्र, समावेशी सिद्धान्तलगायत प्राप्त उपलब्धि गुम्नसक्ने र व्यवस्था विरोधीलाई नै बल पुग्ने खतरा देखेपछि प्राविधिक रूपमा नमिले पनि राजनीतिक रूपमा उम्मेदवारी स्थगन गरेको उनीहरूको भनाइ छ ।   

पत्रकार सम्मेलनमा बानियाँले बल, घलान र लामा सो क्षेत्रकै अगुवा कार्यकर्ता भएको र उनीहरूको समर्थनले विकास चाहने जनता र कांग्रेस कार्यकर्ता उत्साहित भएको बताए ।

बानियाँले उनीहरूलाई कांग्रेसमा पुनः स्वागत गर्दै समान अवसर दिइने बताए ।  





  • प्रकाशित मिति : कात्तिक २३, २०७९ बुधबार १०:४५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया