मोरङ–३ अन्तर्गत प्रदेश सभा (१) का उम्मेदवार तथा प्रदेश सरकारका मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । उनको नोबेल मेडिकल कलेजमा बुधबार बिहान साढे १० बजे निधन भएको नोबेलका प्रशासन प्रमुख नारायण दाहालले जानकारी दिए ।
मंगलबार राति १०स् ३० बजे अचानक स्वास्थ्यमा जटिलता आएपछि उनलाई आईसीयूमा राखिएको थियो । असोज २३ गते उम्मेद्वारी दर्ता गराउँदा देखि नै बिरामी रहेका शर्मा असोज २४ गते उपचारका लागि नोबेल अस्पताल भर्ना भएका थिए ।
उनलाई नोबेलमा उपचार हुन नसकेपछि २७ असोजमा हेलिकोप्टरबाट काठमाडौंस्थित एम्स अस्पताल लगिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।