नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोला १४ सय रुपैयाँले बढेको छ ।
मंगलबार ३ सय रुपैयाँले घटेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १४ सयले बढेर ९५ हजार ४ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ ३० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ३० रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।