मोरङ-३ मा निर्वाचन नरोकिने, उम्मेदवार मनोनयनको प्रक्रिया अगाडि बढाउँदै आयोग

मोरङ क्षेत्र नम्बर ३ को प्रदेशसभा (क) को निर्वाचन नरोकिने भएको छ । त्यहाँका नेपाली कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको निधन भए पनि निर्वाचन नरोकिने भएको हो । 

आयोगले आजैबाट उम्मेदवार मनोनयन प्रक्रिया अघि बढाउने प्रवक्ता शालिग्राम पौडेलले बताएका छन् । 
 
‘निर्वाचन हुनु सात दिनअघिसम्म उम्मेदवारको मृत्यु भएमा त्यहाँ निर्वाचन रोकिँदैन । आयोगले उम्मेदवार मनोनयनको प्रक्रिया छिट्दै सार्वजनिक गर्नेछ । त्यहाँ निर्वाचन रोकिने छैन,’ पौडेलले भने ।

असोज २३ गते उम्मेदवारी दर्ता गराएका थापाको बुधबार बिहान उपचारको क्रममा निधन भएको हो ।  





  • प्रकाशित मिति : कात्तिक २३, २०७९ बुधबार १२:४४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया