बुधबार पनि सेयर बजारकाे ओरालो यात्रा कायम छ । बजारमा भारी अंककाे गिरावट देखिएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७.२२ विन्दुमा झरेकाे छ । नेप्से २ प्रतिशतले घटेकाे हो ।
यता सेन्सेटिभ परिसूचक पनि ७.६८ अंकले घटेर ३७६.५३ विन्दुमा झरेको छ । काराेबार सुरू भएदेखि नै बजारमा बिक्रेता हावी हुँदा भारी गिरावट देखिएकाे हाे ।
कूल २२३ वटा कम्पनीकाे ३६ लाख ९७ हजार ७ सय २३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४० करोड ७३ लाख ९५ हजार ४ सय ३७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेकाे छ ।
त्यसैगरी, बुधबार नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । संस्थाकाे ६ कराेड ७८ लाख २७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।
आज अपर हेवाखाेला हाइड्राेपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ७.४२ प्रतिशतले बढेर ३ सय ९१ रूपैयाँ पुगेकाे छ ।
यस दिन एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ७.९५ प्रतिशतले घटेर ३ सय १ रूपैयाँमा झरेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।