विराटनगरमा माओवादी र कांग्रेस परित्याग गरी ८० जनाभन्दा बढी एमालेमा प्रवेश

 विराटनगर वडा नं. १२ मा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस परित्याग गरी ८० जनाभन्दा बढी एमालेमा प्रवेश गरेका छन् । 

नेकपा एमाले विराटनगर १२ शाखा कमिटीले मंगलबार आयोजना गरेको कार्यक्रममा माओवादीका भगनलाल यादवको नेतृत्वमा माओवादी र काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई एमालेका तर्फबाट मोरङ क्षेत्र नं. ६ (२)का उम्मेदवार पर्शुराम बस्नेतले स्वागत गरे ।
 
एमाले प्रवेश गर्दै भगनलाल यादवले विगतमा चुनावमा भोट हालेर आफुले जिताएका जनप्रतिनिधिले आफ्ना मागहरु पूरा नगरेको र आफू पदमा पुग्ने सिँढी मात्र बनाएकाले जनताको पक्षमा काम गर्ने एमालेमा प्रवेश गरेको बताए । उनले एमालेका उम्मेदवार पर्शुराम बस्नेतले जनताको पक्षमा काम गर्दै आएकाले उनलाई जनप्रतिनिधि बनाउन जुट्ने प्रतिबद्धता व्यक्त गरे ।
 
नवप्रवेशीलाई स्वागत गर्दै उम्मेदवार बस्नेतले एमाले गरिब, सुकुम्बासी, मजदुर र सर्वहाराको पार्टी भएकाले सबैको हितका लागि काम गर्ने बताए । उनले एमालेले मात्र मुलुकको हितमा काम गर्ने र आममानिसको जीवनस्तर उकास्ने योजना नेकपा एमालेसँग मात्र भएको बताए ।
 
मोरङ क्षेत्र नं. ६ (२)मा बस्नेतसहित गठबन्धनबाट काग्रेसका केदार कार्की, स्वतन्त्र उम्मेदवार गोपाल रेग्मी र कांग्रेस बिपीका तर्फबाट जर्नादन निरौला प्रतिस्पर्धामा छन् ।


 





  • प्रकाशित मिति : कात्तिक २३, २०७९ बुधबार १५:४९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया