डा. तोसिमा कार्कीलाई घण्टी बजाउनमा निर्वाचन आयोगले लगायाे राेक

ललितपुर–३ का राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीलाई निर्वाचन आयोगले घण्टी बजाउनमा राेक लगाएकाे छ ।

प्रचारप्रसार र घरदैलोका क्रममा रास्वपाका उम्मेदवारले घण्टी बजाउँदै हिँड्ने गरेपछि ध्वनि प्रदूषण भएको भन्दै आयोगले नबजाउन निर्देशन दिएको हो ।   

मंगलबार निर्वाचन आयोगमा आयोजित सर्वदलीय बैठकमा केही दलका प्रतिनिधिले रास्वपाका उम्मेदवारले घण्टी बजाउँदै चुनाव प्रचारप्रसार गरेको र त्यसले आचारसंहिताको उल्लंघन गरेको भन्दै आयोगको ध्यानाकर्षण गराएका थिए ।





  • प्रकाशित मिति : कात्तिक २३, २०७९ बुधबार १६:२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया