पाकिस्तान तेस्रोपटक टी-२० विश्वकपकाे फाइनलमा

पाकिस्तान अस्ट्रेलियामा जारी टी-२० विश्वकपकाे फाइनल प्रवेश गरेकाे छ । उसले आज सम्पन्न पहिलाे सेमिफाइनलमा न्युजिल्याण्डलाई सात विकेटले हराउँदै तेस्रोपटक फाइनलमा स्थान सुरक्षित गरेकाे हाे ।

यसअघि २००७ मा उप विजेता बनेकाे पाकिस्तानले २००९ मा उपाधि जितेकाे थियाे । १५३ रनकाे लक्ष्य पाकिस्तानले पाँच बल बाँकी छँदा तीन विकेट गुमाउँदै भेट्टायाे । उसका लागि माेहम्मद रिजवान र कप्तान बाबर आजमले अर्धशतकीय पारी खेले ।

रिजवानले ४३ बलमा पाँच चाैकासहित ५७ रन बनाउँदा आजमले ४२ बलमा सात चाैकाे मद्दले ५३ रनकाे याेगदान दिए ।
माेहम्मद हरिसले ३० रन जाेडे । रिजवान र आजमले पहिलाे विकेटका लागि १०५ रनकाे शतकीय साझेदारी गर्दै पाकिस्तानलाई उत्कृष्ट सुरूवात दिलाएका थिए ।

न्युजिल्याण्डका लागि ट्रेन्ट बाेल्टले दुई तथा मिचेल सान्टनरले एक लिए । त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ राेजेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १५२ रन बनाएकाे थियाे ।

उसका लागि ड्यारिल मिचेलले ३५ बलमा तीन चाैका र एक छक्कासहित अविजित ५३ रनको अर्धशतकीय पारी खेले । कप्तान केन विलियमसनले ४६,डेभोन कोन्वेले २१ र जेम्स निशमले अविजित १६ रन जाेडे ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले दुई तथा मोहम्मद नवाजले एक विकेट लिँदा एक विकेट रन आटका रूपमा प्राप्त भयाे ।



पाकिस्तानले उपाधिका लागि भारत र इंग्ल्याण्डबिचकाे दोस्रो सेमिफाइनल  विजेतासँग प्रतिस्पार्धा गर्नेछ ।



  • प्रकाशित मिति : कात्तिक २३, २०७९ बुधबार १७:१९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया