मन्त्री थापाको निधनको शोकमा प्रदेश १ मा बिहीबार सार्वजनिक बिदा

प्रदेश १ सरकारले बिहीबार सार्वजनिक बिदा घोषणा गरेको छ । 

सो प्रदेशका वन, वातावरण तथा भूससंरक्षण मन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको हो । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव अर्जुन निरौलाले विज्ञप्ति जारी गर्दै मन्त्री थापाको शोकमा प्रदेश सरकारका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् । 

थापा कांग्रेसका तर्फबाट प्रदेशसभाका उम्मेदवार पनि थिए । उनको निधनको शोकमा प्रशेशमा भोलि राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि भएको छ। 





  • प्रकाशित मिति : कात्तिक २३, २०७९ बुधबार १८:३०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया