साफ यु-१५ मा नेपालकाे लगातार तेस्रो  जित

बंगलादेशमा जारी साफ महिला यु-१५ च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो जित निकालेकाे छ । नेपालले आज सम्पन्न खेलमा भुटनलाई १-० ले हराउँदै लगातार तेस्रो जित निकालेकाे हाे ।

यसअघि नेपालले भुटनालाई ७-० र घरेलु टाेली बंगलादेशलाई १-० ले पराजित गरेकाे थियाे ।

ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा खेलकाे ४९ औं मिनेटमा सेनु परियारले गरेकाे एक मात्र गाेल नेपाललाई जित दिलाउन पर्याप्त बन्याे ।

याे जितसँगै तीन खेलमा ९ अंक जाेडेकाे नेपाल शीर्ष स्थानमा उक्लिँदा चारै खेलमा पराजय बेहाेरेकाे भुटान विना अंक बाहिरिएकाे छ ।

अघिल्ला खेलमा भुटान नेपालसँग ७-० तथा बंगलादेशसँग ८-० र ९-०ले पराजित भएकाे थियाे ।





  • प्रकाशित मिति : कात्तिक २३, २०७९ बुधबार १८:३२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया