बागमतीका मुख्यमन्त्री र प्रमुख सचिवलाई आयोगको २४ घण्टे स्पष्टीकरण

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले पाण्डेसहित बागमती प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलालाई स्पष्टीकरण सोधेको हो ।

आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेपछि ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ जारी गरेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचार संहितामा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रम घोषणा, स्वीकृत वा सञ्चालन गर्न नहुने उल्लेख छ । 

यो निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (ख)को प्रतिकूल रहेको ठहर गर्दै आयागले राजपत्रमा प्रकाशित नगर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिएको छ ।

बागमती प्रदेश सरकारले ३० असोजमा दुई अध्यादेश जारी गरेको थियो ।





  • प्रकाशित मिति : कात्तिक २३, २०७९ बुधबार २०:५७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया