भूकम्पमा परी निधन भएकाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, पीडितलाई राहत उपलब्ध गराउन माग

डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएकोप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । बुधबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले ६ जनाको मृत्यु भएको र एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको हो ।

कांग्रेस पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले  विज्ञप्तिमार्फत मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूको आत्माको चिर शान्तिका कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।

कांग्रेसले घाइतेको उचित स्वास्थ्योपचारको व्यवस्थाका साथै पीडित परिवारलाई बसोबास र राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेको छ । 

बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्पले केही घर भत्किँदा ६ जनाको मृत्यु भएको हो ।





  • प्रकाशित मिति : कात्तिक २३, २०७९ बुधबार २१:७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया