विश्वकप फुटबलका लागि फ्रान्सको टोली घोषणा

कतारमा यही २० नाेभेम्बरदेखि सुरु हुने फिफा विश्वकपका लागि साबिक विजेता फ्रान्सकाे टाेली घाेषणा भएकाे छ । मुख्य प्रशिक्षक डिडियर डेसच्याम्पले गएराति २५ सदस्यीय टाेली घाेषणा गरेका हुन् ।

पाउल पोग्बा, बाेउबाकर कामारा र एन'गोलो कान्टे चाेटका कारण टाेलीबाट बाहिरिएका छन् । चाेटका कारण केही समयदेखि मैदान बाहिर रहेका राफेल भराने टाेलीमा समावेश हुँदा फेर्ल्यान्ड मेन्डीलाई भने बाहिर राखिएको छ ।

डेसच्याम्पले घाेषणा गरेकाे टाेलीमा ३ गाेलकिपर,९ डिफेन्डर, ६ मिडफिल्डर र ७ फरवार्ड छन् । समूह `डी´ मा रहेकाे फ्रान्सले २३ नाेभेम्बरमा अस्ट्रेलियासँग खेल्दै उपाधि रक्षा अभियान थाल्नेछ ।
  
फ्रेन्च टाेली 

गोलकिपर : अल्फोन्स एरोला (वेस्ट ह्याम), ह्युगो लोरिस (टोटेनहम),स्टिभ मन्डान्डा (रेनेस)

डिफेन्डर : लुकास हर्नान्डेज (बायर्न म्युनिख), प्रेस्नेल किम्पेम्बे (पिएसजी), इब्राहिमा कोनाटे (लिभरपुल),थियाे हर्नान्डेज (एसी मिलान), जुलेस कुन्डे (बार्सिलोना), बेन्जामिन पाभार्ड (बायर्न म्युनिख), विलियम सलिबा (आर्सनल), डायाेट उपमेकानो (बायर्न म्युनिख), राफेल भराने (म्यानचेस्टर युनाइटेड) 

मिडफिल्डर : एडुआर्डो कामाभिङ्गा (रियल मड्रिड), युसुफ फोफाना (एएस मोनाको), माटियाे गुइनडाैजी (मार्सेली), एड्रियन राबियोट (युभेन्टस), ओरेलिएन चुवामेनी,(रियल मड्रिड),जोर्डन भेरेटआउट (मार्सेली)



फरवार्ड : करिम बेन्जेमा (रियल मड्रिड), ओस्माने डेम्बेले (बार्सिलोना),किंग्सले कोमन (बायर्न म्युनिख ), ओलिभर जिरूड (एसी मिलान), एन्टोइन ग्रिजम्यान (एट्लेटिको मड्रिड ),केलियन एम्बाप्पे (पिएसजी), क्रिस्टोफर एनकुन्कु (आरबी लाइप्जिग)



  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार ६:५२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया