आजको मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

आज देशका केही भू-भागको मौसम आंशिकदेखि सामान्य बदली हुने भएको छ । पश्चिमी वायु सक्रिय भएकाले सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम आज पनि आंशिकदेखि सामान्य बदली हुने भएको हो ।  

बिहीबार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिइन् ।  

आज बिहान काठमाडौंसहित देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो भने घाम लाग्ने मौसमविदको भनाइ छ । तराईका जिल्लाको मौसम भने आज सामान्यतया सफा नै रहने छ । 

उच्च हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  





  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार ७:३३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया