बोलोग्नाको पोस्टमा इन्टर मिलानको आधा दर्जन गोल

इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिको खेलमा इन्टर मिलान विजयी भएको छ । ऊ घरेलु मैदानमा बोलोग्नाविरुद्ध ६–१ ले विजयी भएको हो ।

सान सिरोमा इन्टरलाई फराकिलो जित दिलाउन फेडेरिको डिमार्कोले दुई तथा इडेन जेको, लाउटारो मार्टिनेज, हाकान काल्हानोग्लु र रोबिन गोसेन्सले एक/एक गोल गर्दा बालोग्नाका लागि क्यारालाम्पोस लिकोयानिसले एक गोल गरे ।

खेलको सुरुआती अग्रता भने बोलोग्नाले लिएको थियो । खेलको २२ औं मिनेटमा लिकोनियानिसले पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।

२६ औं मिनेटमा जेकोले इन्टरलाई १–१ को बराबरीमा ल्याए । ३६ औं मिनेटमा डिमार्कोले गोल गरेपछि घरेलु टोली २–१ ले अघि बढ्यो ।

४२ औं मिनेटमा मार्टिनेजले गोल गर्दा इन्टरले पहिलो हाफमा ३–१ को अग्रता  बनायो । ४८ औं मिनेटमा डिमार्कोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे ।

५९ औं मिनेटमा काल्हानोग्लुले पेनाल्टीमार्फत गोल गर्दा इन्टर ५–१ ले अघि बढ्यो । ७६ औं मिनेटमा गोसेन्स गोल गरेपछि घरेलु टोलीले ६–१ को फराकिलो जित निकाल्यो ।



यो जितसँगै इन्टर १४ खेलमा २७ अंकका साथ चौथो स्थानमा रहेको छ । पराजित बोलोग्ना समान खेलबाट १६ अंक जोड्दै १३ औं स्थानमा छ ।  



  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार ७:५०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया