एपिएफ प्रधानमन्त्री कपको फाइनलमा

विभागीय टोली नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय पुरूष एकदिवसीय क्रिकेट प्रतियाेगिताकाे फाइनल प्रवेश गरेको छ  । उसले आज सम्पन्न पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई सात विकेटले हराउँदै फाइनलमा स्थान बनाएकाे हाे । 

१२३ रनकाे लक्ष्य एपिएफले २१.३ओभरमा तीन विकेट गुमाउँदै भेट्टयाे । उसका लागि लाेकेश बमले अविजित रहँदै सर्वाधिक ३५ रनकाे याेगदान दिए । प्रदीप ऐरीले ३३,आरिफ शेखले २५ र सुमित महर्जनले १३ रन जाेडे ।

मधेसका लागि रूपेश सिंहले दुई तथा राजेश यादवले एक विकेट हात पारे । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ताे पाएकाे मधेसले ३१ ओभरमा सबै विकेट गुमाउँदै १२२ रन मात्र बनाएकाे थियाे । 

उसका लागि रुपेश सिंहले अविजित रहदै सर्वाधिक ३६ रन जोडे । सन्तोष कार्कीले २०,इमरान शेखले १६,अनिल साहले १३,आदील आलमले ११ र राजेश यादवले १० रन बनाए ।

एपिएफका कमलसिंह ऐरीले चार, भुवन कार्की र मौषम ढकालले दुई /दुई तथा किशाेर महताेले एक विकेट लिँदा एक विकेट रन आउटका रूपमा प्राप्त भयाे । एपिएफले उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने दोस्रो सेमिफाइनलकाे विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 





  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार १३:४७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया