कक्षा–१२ को पुनर्योग र ग्रेडवृद्धिको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगका लागि निवेदन दिएका नियमित–आंशिक–ग्रेडवृद्धि परीक्षार्थीको अन्तिम चरणको नतिजा सार्वजनिक गरेको छ ।

बोर्डको बुधबारकाे बैठकको निर्णयानुसार नतिजा प्रकाशित गरिएको बताइएको छ । गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित कक्षा–१२ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझेर पुनर्योगका लागि निवेदन दिएका र ग्रेडवृद्धि परीक्षा दिएकाहरूकाे नतिजा प्रकाशित गरिएको हाे । 

परिवर्तित ग्रेडसिट प्राप्त गर्न नतिजा प्रकाशन भएको १० दिनपछि सक्कल ग्रेडसिटसहित बोर्डको कार्यालयमा सम्पर्क गर्न सूचित गराइएको छ । 

परीक्षार्थीले पुनर्योगको नतिजा चित्त नबुझेमा दुई हजार रुपैयाँ तिरेर १५ दिनभित्र बोर्डको सम्बन्धित कार्यालय वा परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा निवेदन हालेका उत्तरपुस्तिका हेर्न सक्नेछन् ।





  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार १६:१३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया