मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (क)मा नेपाली कांग्रेसले मानबहादुर लिम्बूलाई उम्मेदवार बनाएकाे छ ।
यस क्षेत्रमा कांग्रेसबाट उम्मेदवार रहेका प्रदेश नम्बर १ का वनमन्त्रीसमेत रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि कांग्रेसले लिम्बूलाई उम्मेदवार बनाएकाे हाे । उनले आजै उम्मेदवारी दर्ता गरेका छन्।
निर्वाचन आयोगले उम्मेदवार थापाको निधनपछि नयाँ कार्यतालिका प्रकाशित गर्दै आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि उम्मेदवारी मनोनयन दर्ताकाे समय दिएको थियो।
नेविसंघ मोरङका पूर्वअध्यक्षसमेत रहेका बेलबारी ८ का लिम्बू कांग्रेसका महासमिति सदस्य हुन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।