शानदार जित निकाल्दै इंल्याण्ड तेस्रोपटक टी-२० विश्वकपको फाइनलमा

इंग्ल्याण्ड अस्ट्रेलियामा जारी टी-२० विश्वकपकाे फाइन प्रवेश गरेको छ । ऊ आज सम्पन्न दोस्रो सेमिफाइनलमा  भारलाई १०विकेटले हराउँदै फाइनल पुगेकाे हाे ।

याेसँगै उसले तेस्रोपटक टी-२० विश्वकपकाे फाइनल खेल्ने निश्चित भएकाे छ । २०१० काे विजेता इंग्ल्याण्ड २०१६ मा उप विजेता बनेकाे थियाे ।

१६९ रनकाे लक्ष्य इंग्ल्याण्डले १५.३ ओभरमा कुनै पनि विकेट नगुमाई भेट्टायाे ।

उसका लागि अविजित रहेका एलेक्स हेल्सले ४७ बलमा सात छक्का र चार चाैकासहित ८७ र कप्तान जाेश बटलर ४९ बलमा नाैं चाैका र तीन छक्काकाे मद्दतले ८० रन बनाए ।
त्यसअघि एडिलेड ओभलमा टस हारेर  ब्याटिङको निम्ताे पाएकाे भारतले  निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएकाे थियाे । ।

उसका लागि हार्दिक पाण्ड्यले ३३ बलमा पाँच छक्का र चार चाैकासहित सर्वाधिक ६३ रन बनाए । यस्तै, विराट कोहलीले ४० बलमा चार चाैका र एक छक्कासहित ५० रनको अर्धशतकीय पारी खेले । कप्तान रोहित शर्माले २७ र  सूर्यकुमार यादवले १४ रन जाेडे ।

इंग्ल्याण्डका क्रिस जोर्डनले तीन तथा क्रिस वोक्स र आदिल राशिदले एक/एक विकेट लिँदा एक विकेट रन आउटका रूपमा प्राप्त भयाे । इंग्ल्याण्डले उपाधिका लागि पाकिस्तानकाे सामना गर्नेछ । पाकिस्तानले न्युजिल्याण्डलाई हराउँदै फाइनलमा स्थान बनाएकाे हाे ।





  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार १६:५७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया