निर्वाचन आयोगले अस्थायी मतदाताका लागि मतदान केन्द्र तोकेको छ । आयोगले बिहीबार समानुपातिक निर्वाचनमा मतदान गर्ने अस्थायी मतदाताका लागि केन्द्र तोकेको हो ।
आयोगले विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिकमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र कायम गरेको हो । आयोगले ७७ जिल्लामा १४१ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरेको छ ।
अस्थायी मतदाता नामावलीमा नाम भएका, तर मतदान केन्द्रमा नखटिने कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय पाएकाबाहेक अन्य कैदी बन्दीलगायतका लागि अस्थायी मतदान केन्द्र कायम गरेको आयोगले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।