भुवन केसीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरण सोधेको छ । नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै आयोगले बिहीबार उनलाई स्पष्टीकरण सोधेको हो । 

आयोगले स्पष्टीकरणमा नवलपरासी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद चौधरीको चुनाव प्रचारप्रसारमा सहभागी भएकोबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

सरकारी पदमा बहाल रहेको व्यक्तिले जानाजान चुनावमा उम्मेदवार रहेका व्यक्तिको प्रचारप्रसार गरेमा निर्वाचन आयोग ऐन २०७३  को दफा ४४ बमोजिम विभागीय कारबाहीसमेत हुनसक्ने आयोगले जनाएको छ । 

निर्वाचन आचारसंहिता २०७९ अनुसार सरकारी पदमा बहाल रहेको व्यक्ति कुनै दलका उम्मेदवारको चुनाव प्रचारप्रसारमा सहभागी हुन पाइँदैन । आचारसंहिताको प्रतिकूल भएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । 





  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार २०:५४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया