ला लिगामा रियल मड्रिडको रोमाञ्चक जित

स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा रियल मड्रिड विजयी भएको छ । ऊ घरेलु मैदानमा कार्डिजविरुद्ध २–१ ले विजयी भएको हो ।

सान्टियागो बर्नाबेउमा रियललाई जित दिलाउन इडर मिलिटाओ र टोनी क्रुसले एक/एक गोल गर्दा कार्डिजका लागि लुकास पेरेजले एक गोल फर्काए ।

खेलको ४० औं मिनेटमा मिलिटाओको गोलमार्फत रियलले अग्रता लिएको थियो । ७० औं मिनेटमा क्रुसले टोलीको अग्रता दोब्बर बनाए ।

८१ औं मिनेटमा पेरेजले गोल गर्दै कार्डिजलाई खेलमा पर्काउने प्रयास गरे पनि त्यो पर्याप्त नबन्दा रियलले २–१ को रोमाञ्चक जित निकाल्यो ।

यो जितसँगै १४ खेलमा ३५ अंक जोडेको रियल दोस्रो स्थानमा कायम रहँदा पराजित कार्डिज समान खेलबाट ११ अंकका साथ १९ औं स्थानमा छ । 

लिगअन्तर्गतकै अन्य खेलमा भ्यालेन्सियाले रियल बेटिसलाई ३–० ले पराजित गर्दा रायो भ्यालेकानो र सेल्टा भिगोले गोलरहित बराबरी खेले । 





  • प्रकाशित मिति : कात्तिक २५, २०७९ शुक्रबार ७:२०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया