म्यानचेस्टर युनाइटेड कारवाओ कपको चाैथाे चरणमा
फरकधार / २५ कात्तिक, २०७९

इंग्लिस फुटबल लिग कप (कारवाओ) को तेस्रो चरणअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।



ऊ घरेलु मैदानमा एस्टन भिल्लाविरुद्ध ४–२ ले विजयी भएको हो । ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्टियल, मार्कुस रासफोर्ड, ब्रुनो फर्नान्डेस र स्कट म्याक टोमिनेले एक/एक गोल गरे ।

भिल्लाका लागि ओली वाटकिन्सले एक गोल गरे । उसलाई एक गोल भने आत्मघाती उपहार स्वरूप प्राप्त भयो । खेलमा सुरुआती अग्रता भने पाहुना टोलीले लिएको थियो ।



४८ औं मिनेटमा वाटकिन्सले भिल्लालाई अग्रता दिलाएका थिए । एस्टनको यो अग्रता लामो समयसम्म टिक्न भने पाएन गोल खाएको एक मिनेटपछि नै मार्टियलले युनाइटेडलाई १–१ को बराबरीमा ल्याए ।



६१ औं मिनेटमा डिएगो डालोटले आत्मघाती गोल गर्दा भिल्ला २–१ ले अघि बढयो । ६८ औं मिनेटमा रासफोर्डले गोल गरेपछि घरेलु टोली २–२ को बराबरीमा आयो । ७८ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई ३–२ को अग्रता दिलाए ।

थप गरिएको समयमा टोमिनेले गोल गरेपछि घरेलु टोलीलले ४–२ को जित निकाल्यो । यो जितसँगै युनाइटेडले प्रतियोगिताको चौथो चरणमा स्थान बनाउँदा पराजित भिल्ला बाहिरिएको छ ।

  • प्रकाशित मिति : कात्तिक २५, २०७९ शुक्रबार ७:४६:५४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया