साफ यू-१५ च्याम्पियनसिप : उपाधि जित्न नेपालले आज बराबरी खेले पुग्ने

बंगलादेशमा जारी चाैथाे संस्करणकाे महिला साफ यू–१५ च्याम्पियनसिपकाे अन्तिम खेलमा नेपालले आज घरेलु टाेलीकाे सामना गर्दैछ । 

खेल ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा स्थानीय समयअनुसार दिउँसाे साढे ४ बजे सुरु हुनेछ ।

दुवै टाेली उपाधि उचाल्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । नेपाललाई उपाधि जित्नका लागि आजकाे खेल बराबरी गरे पनि पर्याप्त हुनेछ भने बंगलादेशलाई भने जित्नै पर्ने दबाब छ ।

यसअघि नेपालले भुटानलाई ७-० र १-० तथा बंगलादेशलाई १-० ले पराजित गरेको थियो । भुटानलाई ८-० र ९-० ले पराजित गरेको बंगलादेशले नेपालसँग १-० को हार व्यहाेर्‍याे । 

जारी प्रतियाेगिताअघि यी दुईले तीन खेलमा एक अर्काकाे समान गर्दा तीनै भेटमा नेपालले पराजय बेहाेरेकाे थियाे । २०१७ को पहिलाे भेटमा नेपालले ६-० को फराकिलाे हार बेहाेरेकाे थियाे ।

२०१८ मा पनि नेपाल ३–० ले पराजित हुन पुग्यो । ​२०१९ मा नेपालले २–१ को हार बेहाेरेकाे थियो ।





  • प्रकाशित मिति : कात्तिक २५, २०७९ शुक्रबार ८:०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया